
काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनीले शतप्रतिशत तथा एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद कम्पनीको शुक्रबार सम्पन्न १८ औं तथा १९ औं वार्षिक साधारण सभाले पारित गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने छ ।
यसअघि १० बराबर ८ को अनुपातमा हकप्रद दिएर चुक्ता पुँजी २७ करोड पुर्याइसकेको कम्पनीले पुनः शतप्रतिशत हकप्रद सेयर जारी गरेर ५४ करोड रुपैयाँ पुर्याउन लागेको हो ।
प्रकाशित मितिः २०७३ मंसिर १८
वि.सं.२०७३ मंसिर १८ शनिवार १९:२६ मा प्रकाशित