
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा बार्षिक लेखापरीक्षण प्रतिबेदन लगायतका कागजात नबुझाएका कारण कारोबार निलम्बन गरिएका दुई सेयर दलाल मध्ये सेयर दलाल नम्बर ३ अरुण सेक्युरिटिजको कारोबार खुलाएको छ । तर योसँगै निलम्बनमा परेको ब्रोकरको भने अझै कारोबार खुला गरेको छैन ।
नेपाल स्टक एक्सचेन्जले आफ्नो वेभसाईटमा जनाए अनुसार ओपल सेक्युरिटिज सेयर दलाल नम्बर ४ ले आफ्नो विविध प्रत्रिmया पुरा नगरेकाले उसको कारोबार खुल्नमा ढिलाई भएको हो । अरुणले बोर्डमा आबश्यक कागजात पेश गरेपछि कारोबार खोल्ने सम्बन्धी पत्र प्राप्त बोर्डबाट नेप्सेलाई प्राप्त भएपछि अरुणको कारोबार खोलिएको हो ।
नेप्सेले धितोपत्र बोर्डको निर्देशन भन्दै गत बिहीबार दुबै सेयर दलालको कारोबार अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
१९ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर १९ आइतवार १८:४७ मा प्रकाशित