
काठमाण्डौँ । साताको पहिलो दिन सेयर बजार ओरालो लागेको छ। खुलेको ४० मिनेटमा ३० अंकले घटेको बजार त्यसपछि केहि बढे पनि अन्त्यमा त्यति नै अंकले घटेर १५७०.९५ अंकमा बजार बन्द भएको हो।
आज सेयर बजारमा सूचक मात्र नभएर कारोबार रकम समेत पछिल्लो समयकोभन्दा कम रह्यो । आइतबार १३७ कम्पनीको ७५ करोड ५३ लाख रुपैयाँ बराबरको सात लाख ९८ हजार कित्ता सेयर किनबेच भएको थियो ।
आज होटल र उत्पादनमूलक बाहेक सबै उपसूचक ओरालो लागेका छन् । होटल उपसूचक २.९ प्रतिशतले बढेको छ भने उत्पादमूलक कम्पनी उपसूचक ०.२५ प्रतिशतले बृद्धि भएको छ।
१९ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर १९ आइतवार २१:१२ मा प्रकाशित