
काठमाण्डौं । के तपाईले बिमा कम्पनीको सेयर किन्नुभएकोछ ? यदि छ भने अब तपाईले पाउँदै हुनुहुन्छ २० प्रतिशत बोनस सेयर । हिमालयन जेनरल इन्स्योेरेन्स को लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि २० प्रतिशत बोनस सेयर दिने भएको हो ।
बैंकको २ सय १औं बोर्ड मिटिङले सेयरधनीका लागि २० प्रतिशत बोनसका साथै कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यो निर्णय इन्स्योरेन्स बोर्ड र कम्पनीको आउँदो साधारण सभाले पारित गरेपछि लागु हुनेछ ।
२० मंसिर २०७३, १०।३०
वि.सं.२०७३ मंसिर २० सोमवार १६:२२ मा प्रकाशित