काठमाण्डौं । नागवेली लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत आर्थात् २ बराबर १ अनुपातको हकप्रद सेयरको बिक्री आजबाट खुल्ला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका एक करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
लघुवित्तले हकप्रद प्रयोजनका लागि मंसिर ५ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।कम्पनीको हकप्रदमा मंसिर ४ गतेसम्म कायम सेयरधनीले मंसिर २० गतेबाट पुस २४ गतेसम्म आवेदन गर्न पाउनेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले एनएमबि क्यापिटल तथा एनएमबि बैंकका विभिन्न शाखा तथा नागवेली लघुवित्त विकास बैंकका शाखा कार्यालय मार्फत हकप्रद सेयरको आवेदन दिन सक्नेछन् ।
२० मंसिर २०७३, १०।३०
वि.सं.२०७३ मंसिर २० सोमवार १६:३५ मा प्रकाशित