
इटालीका प्रधानमन्त्री मटिओ रेन्जीले सन् २०१७ को बजेट पारित भएपछि औपचारिक रुपमा आफ्नो पदबाट राजिनामा दिने हुने घोषणा गरेको इटालीका राष्ट्रपति सेर्जिओ मट्टारेल्लाले जानकारी दिएका छन् ।
आइतबार भएको जनमतसङ्ग्रहमा प्रधानमन्त्री रेन्जीले संवैधानिक परिर्वतनको प्रस्ताव अस्विकृत भएपछि सोमबार उनले औपचारिक रुपमा राजिनामा दिने घोषणा गरेका थिए । जनमत सङग्रहमा संशोधन प्रस्तावका विरुद्धमा ५९ प्रतिशत मत परेको थियो । यस पक्षमा ४१ प्रतिशत मत परेको थियो ।
रेन्जीले आइतबार नै संशोधन प्रस्ताव पारित नभएमा आफुले राजिनामा दिने घोषणा गरेका थिए । सन् २०१४ मा इटालीको सवभन्दा कान्छो उमेरको प्रधानमन्त्रीको रुपमा रेन्जी चयन भएका थिए । सोमबार उनले मन्त्रीपरिषद्को छोटो बैठक राखेपछि बेलुका राष्ट्रपति मट्टारेल्लालाई क्विरिनल दरबारमा भेटेका थिए ।
प्रकाशित मितिः २०७३ मंसिर २१
वि.सं.२०७३ मंसिर २१ मंगलवार २०:२७ मा प्रकाशित