back

काठमाडौको बानेश्वर तरकारी बजारमा डोजर,करोडौंको क्षति महासङ्घको विरोध !

Kumari bank ad

काठमाडौ । काठमाडौको बानेश्वरमा करिब १४ बर्षदेखि सञ्चालन हुँदै आएको उपत्यका ताजा तरकारी तथा फलफूल थोक बजार शनिबार प्रहरीले भत्काएको छ । नागरिक लगानी कोषको जग्गा भाडामा लिएर सञ्चालन हुँदै आएको उक्त बजार कोषले नै प्रहरीको सहयोगमा भत्काएको हो ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार प्रहरीले तीनवटा डोजरको सहयोगमा उक्त बजार भत्काएको थियो । बजार भत्किएपछि करिब पाँच करोड मूल्य बराबरको तरकारी, फलफूल र भौतिक पूर्वाधार नष्ट भएका छन् । बजार भत्काएको विरोधमा व्यवसायीले बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वी क्षेत्रको सडकमा तरकारी र फलफूल फालेर सडक अवरुद्ध गर्दै बिरोध जनाएका थिए ।

कोषसँग करिब १२ लाख ५० हजार मासिक भाडा तिर्ने गरी व्यवसायीले केन्द्र पछाडिको जग्गामा तरकारी तथा फलफूलको बजार सञ्चालन गर्दैआएका थिए । बजारमा दुई सय ५० जना व्यवसायीले तरकारी तथा फलफूल बिक्री गर्दै आएका थिए ।

उक्त बजारमा कालिमाटी बजारसँगै धादिङ्ग, काभे्र र भक्तपुरबाट ल्याइने दैनिक करिब डेढ सय मेट्रिक टन तरकारी र फलफूलको कारोबार हुन्थ्यो । कोषले बजार सञ्चालन भइरहेको क्षेत्रमा कार्यालय निर्माण गर्न जग्गा खाली गर्न लगाएको हो । कार्यालयको भौतिक पूर्वाधार निर्माण गर्न कोषले यसअघि पटक पटक जग्गा खाली गर्न आग्रह गरेपनि व्यवसायीले अटेर गरेपछि सुरक्षाकर्मीको सहयोगमा बजार भत्काएको जनाएको छ ।

तरकारी बजार भत्काइएकोमा महासङ्घको विरोध

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले २०५८ सालदेखि सञ्चालित बानेश्वर मीनभवनस्थित तरकारी बजार कुनै विकल्प नदिई राज्यको ठूलो साधनस्रोत प्रयोग गरी, प्रहरी प्रशासनको बलमा बलजफ्ती भत्काइएकोमा विरोध जनाएको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी तीन सयभन्दा बढी व्यवसायी र हजारौँ किसानको प्रत्यक्ष जीविकोपार्जन खोस्ने तथा लाखौँ उपभोक्ताको तरकारी उपभोग गर्ने अधिकार हनन हुने गरी चालिएको सो कदमको भत्सर्ना गरेको छ ।

अन्य विकल्पको खोजी गरी व्यवसायी स्वयम् अन्य ठाउँमा बजार स्थानान्तरण गर्ने प्रयास गरिरहेको बेला डोजरको प्रयोग गरी बलजफ्ती भौतिक संरचना, कृषि उपज तथा धनमाल नष्ट गरिएको र राज्यको उक्त कदमले किसानले उत्पादन गरेका एक सय ५० टनभन्दा बढी कृषि उपज बजारसम्म नपुगी खेरजाने अवस्था सृजना भई करोडौँ आर्थिक क्षति पुगेको महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बजार भत्काइएपछि विस्थापित हुन पुगेका व्यवसायीलाई तत्काल अर्को बजारको व्यवस्था गरी पुनस्र्थापना गर्न, व्यवसायिक ग्यारेन्टी र स्थायित्व प्रदान गर्न तथा क्षति हुन पुगेका धनमाल र कृषि उपजको क्षतिपूर्ति उपलब्ध गराउन महासङ्घले सरकारसमक्ष माग गरेको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २५

वि.सं.२०७३ मंसिर २६ आइतवार ०१:०९ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...