
काठमाण्डौं । सुनको मूल्य पुनः आरालो लागेको छ । गत शुक्रबार प्रतितोला ५३ हजारमा आइपुगेको सुनको मूल्यमा आइतबार थप ४ सय रुपैयाँको गिरावट देखिएको छ । सुन आज थप तोलाको ४ सय रुपैयाँले घट्न पुगेपछि बजारमा आज सुनको मूल्य तोलाको ५२ हजार ६ सय रुपैयाँमा झरेको छ ।
शुक्रबार सुन ११ महिना यताकै कम मूल्यमा बिक्री भएको थियो भने आज थप सुनको मूल्य घटेपछि नेपाली बजारमा सुन झण्डै एकवर्ष यताकै सस्तो अवस्थामा आइपुगेकोछ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार गिरावट आउँदा नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।
२६ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर २६ आइतवार १७:५० मा प्रकाशित