काठमाण्डौं । नेशनल हाईड्रोपावर कम्पनीको आज हुने भनेको साधारण सभा कोरम नपुगेपछि स्थागित भएकोछ । कम्पनीको साधारण सभा अर्को सूचना सार्वजनिक नहुँदासम्मका लागि स्थगित भएको छ ।
नेशनल हाईड्रोले आज बिहान ११ बजे आफ्नो १६, १७, १८ र १९ औं साधारणसभा नक्साल बैंक्वेटमा गर्नका लागि सेयर होल्डहरुहलाई डाकेको थियो। तर, करिब दुई सय ४० जना सेयर होल्डरमात्र साधारण सभामा उपस्थित भएपछि जम्मा १० लाख कित्ता बराबर सेयर संख्यामात्र प्रतिनिधित्व हुने अवस्था आएपछि कम्पनीले साधारणसभा स्थगित गर्न पुगेको छ ।
२६ मंसिर २०७३, १२।३०
वि.सं.२०७३ मंसिर २६ आइतवार १८:२८ मा प्रकाशित