काठमाडौ । स्वाबलम्बन लघुवित्त विकास बैंकले आगामी साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति घोषणा गरेको छ । स्वाबलम्बनले आगामी पुस ४ देखि पुस २० गतेसम्म बुक क्लोज मिति तोकेको हो ।
संस्थाले पुस २० मा हुने साधारणसभामा सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांशसहित ५४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।
यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति तय गरेको छ ।
महिला सहयात्राले आगामी मंसिर २९ देखि पुस १६ गतेसम्म बुक क्लोज मिति तोकेको हो । संस्थाले पुस १६ मा हुने साधारणसभामा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।
प्रकाशित मितिः २०७३ मंसिर २६
वि.सं.२०७३ मंसिर २६ आइतवार १९:१३ मा प्रकाशित