
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत राष्ट्रपतिलाई भेटी सबै पक्षलाई समेटेर अघि बढ्न आफू प्रयास रहेको जानकारी दिँदै त्यसकै लागि संविधान संसोधन प्रस्ताव संसद्मा दर्ता गरिएको बताएका थिए । सो अवसरमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना समेत दिएकी थिईन् ।
प्रकाशित मितिः २०७३ मंसिर २६
वि.सं.२०७३ मंसिर २६ आइतवार २१:२० मा प्रकाशित