
काठमाडौ । सिद्धार्थ इन्सुरेन्सको साधारण सभा पुस २२ मा हुने भएको छ । कम्पनीको साधारण सभा पुस २२ गते बिहान ११ बजे थापाथलीस्थित् ट्रेड टावर, पर्ल ‘ए’ हलमा हुनेछ ।
सभामा कम्पनीले ३० प्रतिशत बोनस सेयर प्रस्ताव लैजाँदैछ । सिद्धार्थले बोनसमा लाग्ने कर तिर्नका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ ।
निकै लामो समयदेखि हकप्रद ल्याउने तयारीमा रहेको सिद्धार्थले यसमा बिलम्ब गर्दै बोनस सेयरपछि कायम हुने पुँजीलाई समेत हिसाब गरेर हकप्रद ल्याउने भएको छ । कम्पनीले ८ करोड ६२ लाख १२ हजार ५ सय रुपैंयाको बोनस सेयर वितरण गरेपछि ३० प्रतिशत बोनस सेयरलाई समेत जोड्दा सिद्धार्थले दिने हकप्रद सेयर जम्मा १९.२३० प्रतिशतमात्र हुन आउँछ ।
साधारण सभा गर्न कम्पनीले पुस ८ देखि २२ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर २८
वि.सं.२०७३ मंसिर २८ मंगलवार १९:५२ मा प्रकाशित