काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले पुस आठ गतेदेखि छिटोमा पुस १२ गते बन्द हुने गरी १ सय रुपैयाँ दरका २१ लाख कित्ता साधारण सेयर जारी गर्ने भएकोछ । कम्पनीले केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट यसका लागि स्वीकृति पाएको थियो ।
निष्काशन हुने कुल २१ लाख कित्तामध्ये १९ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् भने ३ प्रतिशत सेयर कर्मचारीहरुका लागि र बाँकी ५ प्रतिशत सेयर सामुहिक लगानी कोषहरुलाई बितरण गरिने कम्पनीले जनाएको छ । यो सेयरमा न्युनत्तम ५० कित्तादेखि २१ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरुले कम्पनीको कार्यालय, नक्सालमा नै रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय र सानिमा बैंकका सबै शाखाहरुमा सम्पर्क राख्नु पर्ने हुन्छ ।
३० मंसिर २०७३, ११।३०
वि.सं.२०७३ मंसिर ३० बिहीवार १७:५४ मा प्रकाशित