
काठमाण्डौं । रेनल्ट गाडीको नेपालको अधिकृत बिक्रेता एडभान्स मोटर्सले सस्तो किस्तामा क्वीड किन्न सकिने योजना ल्याएको छ। क्वीड कार मासिक १२ हजार ९ सय ९९ सय रुपैयाँ तिरेर किन्न सकिन्छ।
यो योजना डिसेम्बर १५देखि केही समयका लागि कम्पनीले ल्याएको हो। रेनल्टकी एसयुभी सेग्मेन्टको डस्टर गाडी पनि मासिक २७ हजार किस्तामा किन्न सकिन्छ । पूरानो कार साटेर नयाँ क्वीड किन्दा ३० हजार एक्सचेन्ज बोनस समेत पाउने कम्पनीले जनाएको छ।
कम्पनीले यी दुर्इ गाडी वार्षिक ब्याज ६ दशमलब ९९ प्रतिशत भन्दा बढी तिर्नुपर्दैंन्।कम्पनीका अनुसार ग्राहकले गाडी किन्दा प्रत्येकले नगद छुट ग्यारेन्टीका साथ पाउने छन्।ग्राहकले सडक कर र दुर्इ वर्ष निशुल्क सर्भिसिङ समेत पाउने कम्पनीले जनाएको छ। कम्पनीले यो दुबै गाडीमा दुर्इ वर्षको वारेन्टी समेत दिएको छ।
४ पुस २०७३, १।००
वि.सं.२०७३ पुस ४ सोमवार १३:४१ मा प्रकाशित