
भैरहवा । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीमाथि केही बेरअघि अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरीका अनुसार, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा १५ मिनेट अघि गोली प्रहार भएको हो ।
गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य व्यापक रुपमा गर्न थालिएको र चौतर्फी प्रहरी परिचालन गरिएको घटनास्थलबाट रुपन्देहीका एसपी रवीन्द्र धानुकले जानकारी दिए ।
गोली लागेर गम्भीर घाइते भएका तिवारीलाई तत्काल उपचारका लागि घटनास्थल नजिकैको देवदह मेडिकल कलेज लगिएको छ । उपचारका लागि उनलाई हेलिकोप्टरबाट काठमाडौं लैजान स्थानीय प्रशासनसँग कुरा भैरहेको एमाले रुपन्देहीका नेता भरत कुमार पोखरेलले जनाए ।
गोली प्रहार गर्ने व्यक्ति, गोली प्रहार गरिनुको कारण लगायतबारेमा तत्काल खुल्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार, मोटरसाईकलमा आएका दुईजना व्यक्तिले गोली प्रहार गरेका थिए ।
४ पुस २०७३, कान्तिपुर दैनिक, ४।५०
वि.सं.२०७३ पुस ४ सोमवार १६:४५ मा प्रकाशित