
काठमाण्डौं । अरुण काबेली पावर लिमिटेडले आज मंगलवार सेयर बाँडफाँट गर्ने भएको छ । कम्पनीको सेयरमा मागभन्दा ४३ गुणा बढी अर्थात् १२ अर्ब रुपैयाँको आवेदन परेको थियो ।
आज मध्यान्न करिब ३ बजेतिर सिद्धार्थ क्यापिटलमा सेयर बाँडफाँट हुने कार्यक्रम रहेको छ । कम्पनीले ५० देखि तीन सय ५० कित्तासम्म सेयर माग गर्नेलाई लटरी प्रथाबाट छनौंट गरेर सेयर बाँड्ने भएको छ । यसरी छनौट हुने लगानीकर्ताले १० कित्ता सेयर पाउने सम्भावना छ ।
त्यस्तै, तीन सय ५० देखि पाँच सय कित्तासम्म सेयरको लागि आवेदन दिनेले करीब साढे दुई प्रतिशतको दरमा सेयर पाउने छन् । अर्थात् पाँच सय कित्ता माग गर्नेले १३ कित्ता सेयर पाउने सम्भावना छ । यता पाँच सय कित्ताभन्दा बढी सेयर माग्ने ठुला लगानीकर्ताले समानुपातिक रुपमा करीब २ प्रतिशतको दरमा सेयर पाउने छन् । अर्थात् पाँच सय १० कित्ता माग्नेले १० कित्ता सेयर पाउने छन् ।
५ पुस २०७३, २।००
वि.सं.२०७३ पुस ५ मंगलवार १४:२७ मा प्रकाशित