काठमाडौ । कसमस डेभलपमेन्ट बैंकको साधारण सभा पुस २७ मा हुने भएको छ । बैैंकले साधारण सभा गर्न पुस १५ देखि २७ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यस आधारमा बैंकले दिने लाभांश हात पार्न पुस १४ सम्ममा सेयर किनिसकेको हुनुपर्नेछ ।
कसममले गत वर्षको नाफाबाट लगानीकर्तालाई ११.८ प्रतिशत बोनस सेयर दिंदैछ । बैंकको हाल चुक्ता पुँजी नौ करोड ८९ लाख २२ हजार रूपैयाँ रहेको छ ।
बैंकको रिजर्भ कोषमा दुई करोड ३७ लाख ८७ हजार रूपैयाँ छ । कसमसले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० लाख नौ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।
यो बैंकको प्रतिसेयर आम्दानी २० रूपैयाँ २६ पैसा छ भने प्रतिसेयर नेटवर्थ एक सय २३ रूपैयाँ २१ पैसा छ ।
प्रकाशित मितिः २०७३ पुस ६
वि.सं.२०७३ पुस ६ बुधवार १३:२१ मा प्रकाशित