back
Kumari Bank

सय रुपैंयामा जुत्ता लगाउने भए भृकुटीमण्डप जानुस् !

Nepal Bank

काठमाडौ। काठमाडौँको भृकुटीमण्डपमा देखि जुत्ताचप्पल तथा छालाजन्य बस्तुको १३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा यही पुस ११ गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा रू १०० देखि रू दश हजारसम्मका जुत्ताचप्पल राखिएका छन् । प्रदर्शनीमा विभिन्न ३५ उद्योगका स्वदेशी जुत्ता तथा छालाजन्य वस्तु उत्पादक कम्पनी तथा व्यवसायीका एक सय २० बिक्री कक्ष राखिएको छ ।

छालाजन्य वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत प्रदर्शनीमा राखिएको छ । वाणिज्य मन्त्रालयका सचिव ईन्द्रप्रसाद उपाध्यायले एकीकृत व्यापार रणनीतिअन्तर्गत जुत्ता तथा छालाजन्य वस्तुलाई राखिएकाले त्यसको प्रवद्र्धन गर्न मन्त्रालयले आवश्यक रणनीतिक योजना बनाउने प्रतिवद्धता व्यक्त गरे ।

मेलामा सुटिङका लागि नाम चलेका स्वदेशी सिलाइ (टेलरिङ) कम्पनीले सहभागिता जनाएका छन् । उनीहरुले नेपाली सीप तथा क्षमताका आधारमा उत्पादन गर्ने सर्ट, पाइन्ट तथा सुट मागअनुसार सिलाइ समेत गरिरहेका छन् । मेला अवधिभर त्यस्ता उत्पादनमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्दै यस किसिमको प्रदर्शनीलाई काठमाडौँ उपत्यका बाहिरका विभिन्न जिल्लामा समेत प्रदर्शन गर्नुपर्नेमा जोड दिए । ‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ नाराका साथ सुरु भएको सो प्रदर्शनीमा करिब एक लाख नागरिकको सहभागिता रहने अनुमान गरिएको छ । यहाँ आउने उपभोक्तलाई १५ देखि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

एसोसिएसनका अध्यक्ष रवीनकुमार श्रेष्ठले स्वदेशी छालाजन्य वस्तु तथा जुत्ता चप्पलको उत्पादनमा क्रमिक सुधार आएको भए पनि माग अनुसारको उत्पादन गर्न नसकिएको बताए । मुलुकभित्र करिब पाँच करोड जुक्ता तथा चप्पलको माग हुने भए पनि त्यसको ६० प्रतिशत मात्र उत्पादन हुने गरेको तथा बाँकी अन्य मुलुकबाट आयात गरिँदै आएको श्रेष्ठको भनाइ छ ।

जुत्ता तथा छालाजन्य वस्तु उत्पादनका उद्योगमा करिब रू १५ अर्बको लगानी रहेको आयोजक संस्थाका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

प्रकाशित मितिः २०७३ पुस ६

वि.सं.२०७३ पुस ६ बुधवार १५:०७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र डटकमको दशक यात्रामा उच्चस्तरीय बहस :‘पर्यटनमा बजेटमात्र होइन, कार्यान्वयन र साझेदारी अपरिहार्य’

अर्थतन्त्र डटकमको दशक यात्रामा उच्चस्तरीय बहस :‘पर्यटनमा बजेटमात्र होइन, कार्यान्वयन र साझेदारी अपरिहार्य’

वि.सं.२०८२ असार २१ शनिवार १८:५१

काठमाडौं : नेपालको अग्रणी आर्थिक अनलाइन अर्थतन्त्र डटकमले आफ्नो दशक...

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१४

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१०

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार २१ शनिवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...