काठमाण्डौं । सेयर बजारमा २५.४२ अंकको पहिरो गएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १४७०.५७ अंकमा पुगेर बन्द भएको छ ।
आज बजारमा कारोबार रकम पनि घट्न पुगेको छ । आज १३१ कम्पनीको ४८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो । बुधबार ब्यापार र होटल उपसुचक ०.५६ प्रतिशत र ०.०६ प्रतिशतले वृद्धि भए भने उत्पादनमुलक ३.९४ प्रतिशत, बिमा २.५ प्रतिशत, बैंकिंग १.९२ प्रतिशत, वित्तीय ०.९८ प्रतिशत, हाईड्रोपावर ०.९८ प्रतिशत, अन्य ०.६७ प्रतिशत र बिकास बैंक ०.६४ प्रतिशतले ओरालो लागे ।
६ पुस २०७३, ३।३०
वि.सं.२०७३ पुस ६ बुधवार १५:३२ मा प्रकाशित