काठमाण्डौं । ओम डेभलपमेन्ट बैंकले २९.२० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।बैंकको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलार्इ यो बोनस दिने प्रस्ताव पारित गरेको हो।
यो बोनस सेयरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ३६ करोड पुग्नेछ । मनास्लु विकास बैंकसँग मर्ज भएपछि हकप्रद सेयर र बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड पुग्नेछ ।
१० पुस २०७३, ११।००
वि.सं.२०७३ पुस १० आइतवार ११:४४ मा प्रकाशित