back
NMB Ad

नारायणगढ–मुग्लिन सडकखण्डमा आवातजावत रोक, पर्यटक बस भने नरोकिने

चितवन। यहाँको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह गरे। चितवनका पर्यटन व्यवसायीले बिहान ११ देखि ३ बजेसम्मको मुख्य समयमा उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटक अन्यत्र गएकाले यो समयमा पर्यटक बसलाई नरोक्न स्थानीय प्रशासनलाई आग्रह गरेका थिए ।

पर्यटन व्यवसायी सुमन घिमिरेले सडक रोकिँदा हात्ती महोत्सव समेत आएकाले यहाँ ठूलो समस्या परेको बताए । चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरीको निगरानीमा हरियो प्लेटका पर्यटक बसलाई पठाउन थालिएको जानकारी ीदएका छन्  ।

सडक साँघुरो भएर निर्माणमा असर परेकाले बन्द गरेरै सडक निर्माण गर्नुपर्ने अवस्था आएको जनाउँदै बन्द गरेरै काम थालिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए। यो अवरोध कम्तीमा पनि चार महिना जारी रहनेछ । यही पुस ७ गतेदेखि बिहान ११ देखि अपराह्न ३ बजेसम्म सडक बन्द गरेर काम थालिएको छ । यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले सूचनामार्फत चालकलाई आग्रह गरेको छ ।

१० पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १० आइतवार १२:०४ मा प्रकाशित

You can share this post!

चिलिमे हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचिकृत

चिलिमे हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ चैत १३ बुधवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चिलिमे हाइड्रोपावरको बोनस सेयर...

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित   

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित   

वि.सं.२०८१ चैत १३ बुधवार १४:२३

सियोल :  दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण...

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार   

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार   

वि.सं.२०८१ चैत १३ बुधवार १४:१२

इटहरी (सुनसरी) : इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा...

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...