
काठमाण्डौं । आज मंगलबार पनि तिब्र उतार चढाव पछि २५ अंकको गिरावट सहित सेयर बजार बन्द भएको छ। आज बजार १४०७.५३ अंकमा बन्द भयो । मंगलबार १३० कम्पनीको ५९ करोड ५३ लाख रुपैयाँ बराबरको १० लाख ४१ हजार कित्ता सेयर कारोबार भयो । आज सबै सूचक रातो भएका छनत् ।
सबै उपसूचक घट्दा पनि एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ता भाग्यमानी सावित भए। यो कम्पनीको ९.९० प्रतिशतले सेयर मूल्य बढेको छ। एनबी सहित कुल १६ कम्पनीको सेयर मूल्य मंगलबार उकालो लागेको छ।
१२ पुस २०७३, २।००
वि.सं.२०७३ पुस १२ मंगलवार १५:३४ मा प्रकाशित