
पाँचथर । पूर्वी पहाडको चर्चित फाल्गुनन्द गोल्डकपको खेल तालिका मंगलबार सार्वजनिक भएको छ। आगामी पुस १५ देखि पाँचथरको फिदिममा हुने गोल्डकपको खेल तालिका पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
आयोजक फिदिम स्पोर्टिङ क्लवका अनुसार गोल्डकपको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फिदिम उच्च माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितालाई थप व्यवस्थित बनाउन आयोजकले अस्थायी प्याराफिट निर्माण गरिरहेको छ।
प्रत्येक वर्ष फिदिम स्पोर्टिङ क्लब पाँचथरले १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा गोल्डकप आयोजना गर्दै आएको छ।
१२ पुस २०७३, ४।००
वि.सं.२०७३ पुस १२ मंगलवार १६:३७ मा प्रकाशित