
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु चार महिना बाँकी रहेको टिप्पणी गरेका छन् । ओलीले रिपोर्टर्स क्लबसँगको साक्षात्कारमा यसे बताएका हुन् ।
कायृक्रममा बोल्दै ओलीले भने, ‘यो सरकार भनेको चार महिनाको हो। यसले उफ्रने, उपद्रो गर्ने भनेको चार महिना मात्र हो। एमालेले यो मुलुकमा निर्वाचन घोषणा गर्छ। एमालेले निर्वाचन उन्मुख गर्छ।’ प्रतिपक्षमा रहेको एमालेले कसरी निर्वाचन घोषणा गर्छ त ? पत्रकारको जिज्ञासामा ओलीले सिधा जवाफ फर्काए, ‘तपाँइहरु हेर्दै जानुहोस् चार महिनापछि हुन्छ।’
१२ पुस २०७३, ४।००
वि.सं.२०७३ पुस १२ मंगलवार १६:२८ मा प्रकाशित