back
NMB ad

सेयर बजारमा चार कम्पनीको मुल्य समायोजित, हेर्नुहोस् प्रति कित्ता कति पुग्यो

Kumari bank ad

काठमाण्डौं । के तपाई सेयर किन्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल स्टक एक्सचेन्ज नेप्सेले चार कम्पनीको मूल्य समायोजन गरेकोछ । आज नेप्सेमा सुचना जारी गर्दै मूल्य समायोजित भएको जानकारी दिएको हो । मूल्य समायोजित हुने कम्पनी र तिनको प्रति कित्ता मुल्य यस प्रकार रहेकोछ ।

जानकी फाइनान्स कम्पनी लिमिटेड अर्थात् जेएफएलले जारी गरेको १० प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता मूल्य रु २ सय ५१ रहेकोछ । यसको आधार मूल्य रु २ सय ८५ लिइएको छ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड अर्थात् एसआईसीले पनि आफ्नो मूल्य समायोजन गरेकोछ । यसले जारी गरेको २२ प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता मूल्य रु १ हजार ९८ राखेको छ । यसको आधार मूल्य १ हजार ३ सय ५० रहेकोछ ।

यसैगरी, अल्पाईन डेभलपमेण्ट बैंक लिमिटेड अर्थात् एएलडीबीएलले पनि आफ्नो सेयर मूल्य समायोजन गरेकोछ । कम्पनीले जारी गरेको १४.५ प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता मूल्य रु ३ सय २१ रुपैयाँ तोकेको छ । यसको आधार मूल्य पनि रु ३ सय २१ नै रहेकोछ ।

यस्तै, हिमालयन जेनरल इन्स्योरेन्स अर्थात् एचजीआईले पनि आफ्नो मूल्य समायोजन गरेकोछ । आज नेप्सेमा प्रकाशित सूचना अनुसार यो कम्पनीले जारी गरेको २० प्रतिशत बोनसका लागि प्रति कित्ता मूल्य रु १ हजार १ सय ५९ राखेकोछ । यसको आधार मूल्य भने १ हजार १२ रुपैयाँ रहेकोछ ।

१३ पुस २०७३, १०।४५

वि.सं.२०७३ पुस १३ बुधवार १०:४७ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...