back
NMB ad

२४ करोड रुपैयाँ बराबरकोे घरेलु मदिरा उत्पादन

Kumari bank ad

काठमाण्डौं । तेह्रथुममा बार्षिक उत्पादित २४ करोड रुपैंयाँ बराबरको खाद्यान्न घरेलु मदिरा वनाउन प्रयोग हुने गरेको एक तथ्याङकले देखाएको छ । जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौ लगायत ८ हजार मेट्रिकटन खाद्यान्य घरेलु मदिरा बनाउन प्रयोग भैरहेको जिल्ला कृषि विकास कार्यालयले गरेको अध्ययनले देखाएको छ ।

जिल्लामा उत्पादित खाद्यान्न ५७ हजार मेट्रिकटन मध्ये ८ हजार मेट्रिकटन घरेलु मदिरा बनाउन प्रयोग भैरहेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले वताउनु भयो । घरेलु मदिरा बनाउन प्रयोग भैरहेको खाद्यान्नले २५ हजार जनालाई एक वर्ष खान पुग्ने कृषि विकास कार्यालयले जनाएको छ ।

घरेलु मदिरा बनाउन जिल्लामा उत्पादन भएको कोदोले नपुग्ने भएकाले पुर्वी तराई र पहाडका अन्य जिल्लाबाट   समेत धेरै परिमाणमा कोदो आयात हुने गरेको कार्यालयले जनाएको छ । मदिरा वनाउन जिल्ला बहिरबाट वार्षिक ५ सय मेट्रिकटन कोदो आयात गरीने गरेको कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार तेह्रथुममा १९ हजार ८ सय ८४ कृषक परिवारले ३० हजार ४ सय २८ हेक्टर क्षेत्रफल जमिनमा खाद्यान्न खेती गर्दै आएका छन् ।

१८ माघ २०७३, कान्तिपुर, ११।००

वि.सं.२०७३ माघ १८ मंगलवार १२:०५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...