back
NMB ad

के लगानी सम्मेलनबाट भित्रिएला त एक खर्ब रुपैयाँ ?

Kumari bank ad

काठमाण्डौ । सरकार २५ वर्षपछि लगानी सम्मेलनको तयारीमा जुटेको छ । लगानी सम्मेलन मार्फत एक खर्ब विदेशी लगानी भित्र्याउने सरकारको लक्ष्य छ । उद्योग मन्त्रालय र लगानी बोर्डले संयुक्त रूपमा फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन गर्न लागेका हुन् ।

यसअघि सरकारी तहबाट सन् १९९२ मा लगानी सम्मेलन भएको थियो । लगानी सम्मेलन नजिकै आइपुग्दा उद्योग मन्त्रालय र लगानी बोर्ड तयारीमा व्यस्त देखिएका छन् । सम्मेलनमा १० वटा मुलुकका सरकारी अधिकारी र निजी लगानीकर्ता सहभागी हुनेछन् । नेपाली तथा विदेशी गरी तीन सय जनाको सहभागिता रहने उद्योग मन्त्रालयका उपसचिव विमल बरालले बताए । सम्मेलन लगानी सम्भाव्यता भएका नौवटा क्षेत्रमा केन्द्रित हुनेछ ।

सम्मेलनका लागि लगानी बोर्डले परियोजना बैंक बनाइरहेको छ । तीन प्रकारका परियोजनामा लगानीकर्तामाझ प्रस्तुत गरिने भएको छ । सम्मेलनको आकर्षण विस्तृत सम्भाव्यता अध्ययन भएका परियोजना हुनेछन् ।

तामाकोसी तेस्रो, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, रेलमार्गजस्ता ९/१० वटा ठूला परियोजना अगाडि सार्ने बोर्डको तयारी छ । प्रारम्भिक अध्ययन भइसकेका ३०/३५ वटा परियोजना प्रस्तुत गरिनेछ । यसमा राजमार्ग, उत्तर।दक्षिण कोरिडोर लगायत परियोजना हुनेछन् ।  सम्मेलनमा विभिन्न परियोजनामा नेपाली र विदेशी लगानीकर्ताबीच लगानीको सम्झौता गर्ने तयारीसमेत भइरहेको छ ।

१८ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १८ मंगलवार १२:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...