back
NMB ad

इरान र अमेरिकाबीच यसरी बढ्दैछ टकराब !

Kumari bank ad

संयुक्त राज्य अमेरिका र बेलायतको संयुक्त साझेदारीको एउटा नौ–सैनिक युद्धपोत, स्ट्रेट अफ हर्मसमा पर्ने इरानको सामुद्रिक इलाकामा अनधिकृत तरिकाबाट जबर्जस्ती प्रवेश गरी इरानी सुरक्षाकर्मी (रिभोल्युसनरी गार्ड) का सुरक्षा पोतहरुलाई हानी पु¥याउन खोजेको र शान्त रहेको यस सामुद्रिक क्षेत्रमा बेकारमा तनाव सिर्जना गराउन खोजेको आरोप इरानले लगाएको छ ।

उत्तरमा इरान र दक्षिणमा कुवेत, बहराइन, कतार, युनाइटेड अरब इमिरेट्स र ओमानको बीचमा रहेको सामुन्द्रिक खण्ड पर्सियन गल्फभित्र रहेको एउटा सामुन्द्रिक उपखण्ड – स्ट्रेट अफ हर्मसलाई इरानले आफ्नो निर्बाध आर्थिक क्षेत्रको रुपमा उपयोग गर्दै आएको छ ।

सिसीको घाँटी (बोटल नेक) को आकारमा रहेको यस स्ट्रेट अफ हर्मसको सबभन्दा साँघुरो खण्डको चौडाई २१ नटिकल माइल (करिब ३९ किलोमिटर) मात्र रहेको छ ।

कुवेत, बहराइन, कतार, युनाइटेड अरब इमिरेट्स इत्यादि मुलुकहरुका सामुद्रिक क्षेत्रबाट उत्खनन गरिने (सि–बोर्न) विश्वको करिब ३० प्रतिशत इन्धन यही सामुद्रिक मार्गबाट बाहिरिई अन्यत्र ढुवानी गरिने हुँदा अन्तर्राष्ट्रिय रुपमा यस इलाकाको उच्च आर्थिक महत्व रहेको बताइन्छ ।

यता, केही दिनअघि इरानका शीघ्र चल्ने नौ–सैनिक स–साना डुङ्गाहरु करिब ६ सय मिटर नजिकै आई अमेरिकी ठूलो युद्धपोतको मार्ग नै अवरुद्ध पारेकाले बाध्य भई सो मार्ग नै परिवर्तन गर्नु परेको अमेरिकी नौसेनाका एक जना अधिकारीले बताएका थिए ।

इरानी डुङ्गाहरुले अमेरिकी युद्धपोतको मार्गमा अवरोध उत्पन्न गरेको नभै बरु अमेरिकी युद्धपोत इरानद्वारा निषेधित सामुद्रिक इलाकामा प्रवेश गरी निहुँ खोज्ने काम गरेको भनी इरानको रिभोल्युसनरी गार्डका कप्तान मेहदि हसिमको भनाइ रहेको छ ।

स्ट्रेट अफ हर्मसमा इरानी नौसेनाका जहाजहरु बारम्बार अव्याबसायिक र गैह«जिम्मेवार ढङ्गले प्रबेश गरी अमेरिकी युद्धपोतसँग निहुँ खोज्दै आएको भनी अमेरिकाले दोष लगाउँदै आएको छ । रासस ÷एपी

प्रकाशित मितिः २०७३ फागुन २६

वि.सं.२०७३ फागुन २६ बिहीवार ११:२० मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...