back
NMB ad

नेपालको सत्तरी प्रतिशत व्यापार भारतसँग मात्रै

Kumari bank ad

हेटौँडा। भारतको कोलकाताका लागि नेपालका तर्फबाट महावाणिज्यदूत एकनारायण अर्यालले नेपालको ७० प्रतिशत व्यापार भारतसँग निर्भर रहेको बताएका छन् । तेस्रो देश भन्दा पनि भारतसँग सबैजसो सामानमा अन्तरनिर्भर हुनुपरेकाले धेरै व्यापार भारतसँग हुने गरेको उनले बताए ।

बुधबार मकवानपुर उद्योग वाणिज्य सङ्घले उहाँको स्वागत, सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नेपालको व्यापार भारतसँग हुने हुँदा आफू त्यस ठाउँमा पुगेकाले त्यसका समस्याको समाधान कसरी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताए ।

मासिकरुपमा पाँचहजार ५०० कन्टेनर नेपाल आउने हुँदा यसको व्यवस्थापन गर्न र सजिलै नेपाल भित्रने वातावरण तयार गर्नका लागि आफू तयार रहेको उनले बताए । कोलकाताबाट नेपालसम्म सामान भित्रँदा तिर्नुपर्ने विभिन्न खाले कर, वीरगन्ज ड्राईपोर्टसम्म सामान आउन समस्या, ड्राईपोर्टमा लोडिङ अनलोडिङको समस्या, रेलवेको समस्या, भन्सारको समस्या जस्ता विषयमा उद्योगीले जानकारी गराएका थिए । उनले उद्योगीको समस्याको विषयमा आफू गम्भीर रहेको र समाधानतर्फ लाग्ने बताए ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा उद्योग संघ, हेटौँडाका अध्यक्ष नवराज अर्याल, उद्योग सङ्घ हेटौँडाका निर्वतमान अध्यक्ष ऋषिराम घिमिरे, सङ्घका कानुनी सल्लाहकार ईश्वरराज ढकाल, समाजसेवी सिद्धिलाल श्रेष्ठलगायत अन्य उद्योगका सञ्चालकले भारतबाट सामान आयात गर्दा भोग्नुपरेका समस्याका बारेमा महावाणिज्यदूत अर्याललाई जानकारी गराएका थिए ।

प्रकाशित मितिः २०७३ फागुन २६

वि.सं.२०७३ फागुन २६ बिहीवार ११:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...