back
NMB ad

के पोखरामा पनि भित्रिएलान् त वार्षिक ३० लाख पर्यटक ?

Kumari bank ad

पोखरा । नेपाल र चीनबीचको पर्यटनमा साझेदारी र विकास गर्ने उद्देश्यका साथ चीनको सिचुआन प्रान्तमा क्रियाशील पर्यटनसम्बद्ध संस्था र व्यवसायी पोखरामा आएका छन् ।

पर्यटनमा साझेदारी गर्दै दुवै देशबीचको पर्यटकीय विकास गर्ने उद्देश्यका साथ सिचुआनको पर्यटन विकास आयोगका पदाधिकारीसहितको टोली पोखरा आएको हो । टोलीले मङ्गलबार पोखरामा एक अन्तक्रियासमेत गरेको छ ।

अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले नेपाल र चीनबीचको छ दशक यताको सम्वन्ध रहेको बताउँदै पर्यटनमा साझेदारीका लागि यस किसिमका कार्यक्रम आवश्यक रहेको बताए।

उनले भुकम्पपछि नेपालमा अन्य विदेशी राष्ट्र्का तुलनामा चीनबाट धेरै पर्यटक आएको बताउँदै घुमफिरका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वव्यापी बन्नु आवश्यक रहेको उल्लेख गरे।

अन्तरक्रियामा चिनियाँ राजदुतावासका फान जिन्केले सिचुआनबाट नेपाल आउन जान सजिलो भएको बताउँदै पर्यटनमा साझेदारीले दुवै देशको पर्यटकीय विकास सम्भव हुने विश्वास व्यक्त गरे।

उक्त अवसरमा सिचुवान क्षेत्रका पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिले सिचुवान चीनको दक्षिण पश्चिमी भूभागमा अवस्थित सुन्दर प्रान्त भएको जानकारी दिँदै पर्यटनको दृष्टिले यो सुन्दरता एवम् प्राकृतिक सम्पदाले भरिपूर्ण सहरका रुपमा रहेको जानकारी दिए।

चीनबाट वार्षिक आउने पर्यटकमध्ये सबैभन्दा बढी सिचुआन प्रान्तबाट आउने गरेको कार्यक्रमका सहभागीको सामूहिक धारणा रहेको थियो । कार्यक्रममा सिचुआन प्रान्तका उपगभर्नर चु खुजिनले सिचुआनमा बर्सेनि तीस लाख विदेशी पर्यटक आउने गरेको बताए।

उनले यस किसिमका कार्यक्रमबाट नेपाल र चीन दुवै देशको पर्यटनको बारेमा एक अर्कालाई जानकारी गराउँदै दुवै देशको पर्यटकीय बाहुल्यता अभिवृद्धि हुने उल्लेख गरे।चीनमा पाइने हाब्रे ९पान्डा० मध्ये ८० प्रतिशतको बासस्थान सिचुआनमा रहेको त्यहाँको पर्यटन आयोगका मिआयो युयानले जानकारी दिए ।

१६ चैत २०७३, रासस, ११।००

वि.सं.२०७३ चैत १६ बुधवार १२:२७ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...