back
NMB ad

नेपालको नियति : चितुवा खोज्दा स्याल फेला

Kumari bank ad

काठमाण्डौं । माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ। सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु भयो।

करिब १५ मिनेट (बिहान ८ बजेदेखि सवा ८ बजेसम्म) धावनमार्ग नै बन्द गरी चितुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो, नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो। आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो।

विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार टोलीले पाइलटको दाबीअनुसार चितुवा फेला पारेन, त्यसपछि झाडीमा लुकेर बसेको भए भगाउने उद्देश्यले पानीको फोहरा हानियो। त्यसपछि पनि सिकारीले निरन्तर निगरानी गरिरहे। यसैक्रममा सोमबार साँझ सिकारीले ट्याक्सी वे ‘चार्ची सी’नजिकैको ड्रेनमा दुईवटा स्यालका बच्चा मृत अवस्थामा फेला पारेका छन्।

विमानस्थलको धावनमार्ग प्रवेश गर्ने पाँचवटा ट्याक्सी वेमध्ये ‘सी’ नम्बरको वेनजिकको नालामा दुईवटा स्यालका बच्चा मरेको अवस्थामा फेला परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे। ‘हाम्रो आशंकाअनुसार चितुवा दाबी गरिएको जनावर स्याल थियो,’ उनले भने, ‘तर, सिकारीहरूले विमानस्थललाई निरन्तर निगरानीमा राखिरहेका छन्।’ त्रिभुवन विमानस्थलमा निरन्तर जंगली जनावर, कुकुर तथा चराहरूका कारण उडान–अवतरण जोखिमपूर्ण बन्दै गएको छ।

२२ चैत २०७३, नयाँ पत्रिका, ७।००

वि.सं.२०७३ चैत २२ मंगलवार ०८:४१ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...