back
NMB ad

आईतबार तिव्र बढेको सेयर बजार सोमबार किन घट्यो ?

Kumari bank ad

काठमाडौ। पछिल्लो समय सेयर बजारलाई राजनीतिक सरगर्मीले प्रभाव पारिरहेको छ । राजनीतिक सहमतिको ‘खुसियाली’मा आइतबार बढेको शेयर बजार सोमबार घटेको छ। पछिल्लो समयको ‘करेक्सन’मा खरीद गरेका लगानीकर्ताले बिक्री चाप बढाउदा सोमबार बजार ओरालो लागेको ब्रोकरहरुको बताउँछन् ।

सोमबार बजार खुल्ने बित्तिकै ओरालो लागेको शेयर बजार १२ बजे पछी केहि माथि उक्लन खोजेपनि फेरि घट्नपुग्यो । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९४ अंकले घटेको छ । नेप्सेमा गिरावट संगै १६७५.७८ अंकमा झरेको छ। ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.६५ अंकको गिरावट संगै ३६०.७६ अंक कायम भएको छ ।

सोमबार १४२ कम्पनीको १६ लाख २६ हजार कित्ता शेयर ९६ करोड ५२ लाख रुपैयाँमा खरीद बिक्रि भएको छ। सोमबार सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको चार करोड १६ लाख रुपैयाँको शेयर खरीद बिक्रि भएको छ। कारोबार रकमको आधारमा तिन करोड ९५ लाख रुपैयाँको कारोबार गर्दै प्रभु बैंक दोस्रो भएको छ।

सोमबार बैंकिंङ १९.१७, होटल २३.३, बिकास बैंक १४.३, जबिद्युत २२.४४, फाइनान्स ४.२, इन्स्युरेन्स ८३.७४ र अन्यमा ८.६७ अंकको गिरावट देखिएको छ। उत्पादन मुलक भने ०.२३ अंकले बढेको छ।

सोमबार चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। राष्ट्रिय बीमा कम्पनीको साधारण र संस्थापक लगायत श्रीइन्भेस्टमेन्ट फाइनान्स र हाम्रो विकास बैंकका शेयर धनीले करिब १० प्रतिशत कमाएका हुन्। एकै पटक तीन आर्थिक बर्षको साधारणसभा गर्न लागेपछि राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य लगातार बढी रहेको छ। आज सबैभन्दा बढी गुमाउनेमा दिब्येश्वरी हाइड्रोपावर कम्पनीका शेयरधनीले करिब आठ प्रतिशत गुमाएका छन्।

प्रकाशित मितिः २०७४ बैशाख ११

वि.सं.२०७४ वैशाख ११ सोमवार १७:१० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...