back
NMB ad

स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओको बाँडफाँड सोमबार हुने, के होला ?

Kumari bank ad

काठमाडौ । स्टान्डर्ड चार्टर्ड बैंकले हालै जारी गरेको थप नयाँ सेयर (एफपिओ)को बाँडफाँड सोमबार अर्थात् वैशाख २५ गते हुने भएको छ । शुक्रबार आस्वामा देखिएको समस्याका कारण सेयर बाँडफाँड हुन नसकेपछि अब सोमबार बाँडफाँड गर्ने तयारी गरेको बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकले एक सय रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ गत चैत्र ४ गतेसम्म निष्काशन गरेको थियो । उक्त एफपिओमा कुल दुई लाख २३ हजार तीन सय आठ आवेदकबाट ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार पाँच सय ४० रुपैयाँको आवेदन परेको थियो । बैंकको एफपीओमा आस्वाबाट ८४ हजार नौ सय १६ जनाले २४ अर्ब ५२ करोड आठ लाख ११ हजार छ सय ८० रुपैयाँ र परम्परागत तरिकाले संकलन केन्द्रबाट एक लाख ३८ हजार तीन सय ९२ जनाले जम्मा १३ अर्ब ६८ करोड ८६ लाख ८१ हजार आठ सय ६० रुपैयाँ बराबरको एफपीओ भरेको बताइएको छ ।

एफपिओ विक्री गरेपछि स्टान्डर्ड चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार तीन सय ३३ रुपैयाँ पुगेको छ भने संथापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत कायम भएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार १३:३० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...