back
NMB ad

तामाकोसीको सेयर निष्कासन हुँदै

Kumari bank ad

काठमाडौ । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले आगामी साउनमा स्थानीयका लागि छुट्ट्याइएको सेयर निष्कासन गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले स्थानीयका लागि १० प्रतिशत सेयर जारी गर्न लागेको हो । आर्थिक वर्ष २०७४/७५ को सुरुमै सेयर जारी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

‘चालु आवभित्र स्थानीय र सर्वसाधारणका छुट्ट्याएको सेयर निष्कासन गर्ने योजना थियो,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनले ढिला हुन् भयो । अर्को आवको सुरुमै सेयर जारी गरिनेछ ।’ कम्पनीका अनुसार आयोजना प्रभावित स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँबराबरको १ करोड ५ लाख ९० हजार कित्ता जारी हुनेछ ।

स्थानीयको सेयर निष्कासन र बाँडफाँटपछि सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता निष्कासन हुने कम्पनीले जनाएको छ ।

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता नेपाल विद्युत प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि सेयर जारी भइसकेको छ ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ जेठ ४

वि.सं.२०७४ जेठ ४ बिहीवार १२:१६ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...