back
NMB ad

चुनावपछि बल्ल १० अंकले नेप्से बढ्दा कमाउनेमा को–को ?

Kumari bank ad

काठमाडौ। स्थानीय निकायको चुनावपछि पहिलो पटक नेप्सेमा सबै समुहका परिसुचक उकालो लागेका छन् । चुनावपछि लामो समय ओरालो लागेको नेप्से परिसुचकमा मंगलबार सबै समुह बढेको हो ।

मंगलबार बजार खुलेको केही समय सामान्य ओरालो लागेको नेप्से परिसुचक त्यता उच्च रुपमा बढेको थियो । बजार बन्द हुँदा नेप्से परिसुचक १० दशमलव ११ अंकले बढ्दै १ हजार ६ सय २६ अंकमा पुगेको छ ।

बजारमा सबैभन्दा बढी उत्पानमुलक समुहका परिसुचक ५५ अंकले बढ्न पुग्यो । त्यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ११ अंकले बढ्दा नेप्से परिसुचकमा दोहोरो अंकको बृद्धि भएको हो । मंगलबार विकास बैंक र फाइनान्स समुह ११ अंकले बढ्दा बीमा समुहको परिसुचक २१ अंकले उकालो लागेको छ ।

कुल १ सय ४७ कम्पनीको सेयर कारोवार भएको छ । बजारमा कारोवार रकम पनि बढेको छ । दिनभर कुल ७८ करोड ६६ लाख रुपैयाँ बराबरको १० लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बजारमा सबैभन्दा बढी मेरो माइक्रोफाइनान्सको सेयर किनबेच भएको छ । मेरो माइक्रोफाइनान्सको ६ करोड ७० लाख रुपैयाँ बराबरको कारोवार हुँदा दोस्रोमा स्टाण्डर्ड चाटर्ड बैंकको ५ करोड ९१ लाख रुपैयाँको किनबेच भएको छ ।

प्रकाशित मितिः २०७४ जेठ ९

वि.सं.२०७४ जेठ ९ मंगलवार १५:५८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...