back
NMB ad

पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक

Kumari bank ad

सिलगुडी । भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा शनिबारदेखि उत्तरपूर्वी भारतमा सुरु भएको प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा सिलगुडीमा आयोजित एक समारोहमा उक्त जोड दिइएको हो ।

कार्यक्रममा इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एसोसिएसनका अध्यक्ष सम्राट सन्यालले पर्यटनको विकासका लागि कनेक्टिभिटी आवश्यक भएको बताउँदै पोखराबाट भारतका सीमा नजिकै रहेका विमानस्थलमा सिधा हवाई सम्पर्क हुनुपर्ने बताए ।

पोखरा आफैँमा सुन्दर नगरी भएको बताउँदै उहाँले यसको समग्र विकासका लागि पर्यटन सम्बद्ध संस्था र यहाँका व्यवसायी अग्रसर बन्नुपर्ने उल्लेख गरे ।

उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थाहरू पोखरासँग पर्यटनमा साझेदारी गर्न तयार रहेको उनको भनाइ थियो ।

पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय, पोखराको पहलमा इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एसोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गरिएको थियो ।

पोखराको पर्यटकीय विकासका लागि उक्त सम्झौता एउटा महत्वपूर्ण आधार बनेको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए ।

उनले यससँगै व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक नेटवर्किङ, प्रवद्र्धनलगायतमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पोखराको समग्र पर्यटकीय विकासका लागि प्रवद्र्धनात्मक भ्रमण बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणका लागि आउने गरेको पाइन्छ ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले भारतीय पर्यटन व्यवसायीले पोखराको पर्यटनका लागि हवाई सम्पर्कका साथै अत्यावश्कीय पूर्वाधार विकासका लागि दिएको सुझावलाई कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

पर्यटनका पर्याप्त सम्भावना बोकेका स्थलमा सडक यातयातका साथै हवाई यातायात सेवा सहज गर्नु अपरिहार्य भएको बताउँदै उनले यसतर्फ राज्यको प्राथमिकता आवश्यक हुने उल्लेख गरे ।

प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा भारतका डुवर्स, गान्तोकलगायतका स्थानका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिसँग पनि छलफल एवम् अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
२८ जेठ २०७४

वि.सं.२०७४ जेठ २८ आइतवार ०८:२४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...