back
NMB ad

गर्भवतीको ज्यान जोखिममा

Kumari bank ad

बाजुरा। उत्तरी भेगकोे पाण्डवगुफा गाउँपालिका– ३ की फुलटुक्का ढोली सुत्केरी व्यथाले छटपटिएकी छन् ।

उनलाई व्यथा लागेको दुई दिन बित्दा पनि शिशु पाउन सकेकी छैनन् । साबिकको गोत्री गाविसमा रहेको गोत्री स्वास्थ्य चौकी हुनीमहतिमा शिशु पाउन नसकेपछि उनलाई सुत्केरी गराउनका लागि तीन दिनको पैदल यात्रामा रहेको जिल्ला सदरमुकाम मार्तडीमा पठाइएको स्वास्थ्य चौकीले जनाएको छ ।

फुलटुक्काको पाठेघरमा रहेको जाली फुटिसकेको, मुख खुकुलो हुँदै गएको र पेटको कडापन नरम हुँदै गएकाले सुत्केरी हुन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

गोत्री स्वास्थ्य चौकीबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनका लागि करिब ७ घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।

उनको उपचारका लागि स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा खबर गर्दा हेलिकप्टर प्रयोग गर्न बजेट नभएको जनाएकाले फुलटुक्काको ज्यान जोखिममा रहेको बताइएको छ । सुत्केरीको ज्यान बचाउनका लागि मन्त्रालयका सचिवसँग हेलिकप्टर उडानका लागि सम्पर्क भइरहेको डा विश्वकर्माले बताए ।

यसअघि पनि सुत्केरी व्यथाले च्यापेर शिशु पाउन नसकी समयमै उपचार नहुँदा र यातायातको सहज पहँुच नहुनाले साबिकको गोत्री गाविसकी एक महिलाको मृत्यु भएको थियो । (फाइल फोटो)

रासस

प्रकाशित मितिः २०७४ असार ११

वि.सं.२०७४ असार ११ आइतवार ११:२८ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...