back
NMB ad

आजको मिति छुट्यो भने १८% बोनसपछि १००% हकप्रदको अवसर गुम्नेछ !

Kumari bank ad

काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद प्रयोजनका लागि कम्पनीले यही असार १३ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, असार १२ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउनेछन् ।

लुम्बिनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड रुपैयाँ बराबरको ३९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले सीबीआईएल क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

हाल लुम्बिनी जेनेरल इन्स्योरेन्सको चुक्तापुँजी ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १८.१८ प्रतिशत बोनस सेयर जारी गर्दैछ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४६ करोड रुपैयाँ पुग्नेछ । बोनसअघिकै चुक्तापुँजीबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ असार १२

वि.सं.२०७४ असार १२ सोमवार ११:१९ मा प्रकाशित

You can share this post!

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...