back
NMB ad

हिमाली क्षेत्रमा एक लाख भेडा च्यांग्रा वितरण गरिने

Kumari bank ad

काठमाडौं । सरकारले व्यवसाय प्रवद्र्धनका लागि विभिन्न हिमाली जिल्लामा १ लाख भेडा च्यांग्रा वितरण गर्ने भएको छ । कृषि विकास मन्त्रालयसँगको सहकार्यमा वाणिज्य मन्त्रायले चालु आर्थिक वर्षभित्रै सम्बन्धित जिल्लाका किसानलाई अनुदानस्वरूप १ लाख संख्यामा भेडा च्यांग्रा वितरण गर्ने भएको हो ।

राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन् । निर्यातजन्य पश्मिना तथा गलैँचाको कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने उद्देश्यका साथ भेडा च्यांग्रा पालनलाई प्रोत्साहित गर्न २० वटा हिमाली जिल्लाका किसानलाई १ लाख भेडा च्यांग्रा वितरण गर्न लागि उनले बताए ।

विगतमा नेपालको निर्यात व्यापारमा महत्वपूर्ण भूमिका खेल्दै आएको भएपनि विविध कारणले पछिल्लो समय खस्किएको पश्मिना निर्यात प्रबद्र्धनमा उनले जोड दिएका छन् । उनले भने, ‘पश्मिना निर्यात गर्छौं तर त्यसको कच्चा पदार्थ हामीसँग छैन, पश्मिना हाम्रो अर्गानिक प्रोडक्ट हो, नेपाली पश्मिनाले अन्तर्राष्ट्रिय बजार छुट्टै पहिचान बनाएको छ, यसको निर्यात् बढाएर व्यापारघाटा न्यूनीकरण गर्न सकिने ठूलो सम्भावना देखिएको छ । विभिन्न युरोपीयन मुलुकको भ्रमणका क्रममा आफूले नेपाली पश्मिना प्रयोग गर्ने थुपै्र उच्च अधिकारी भेट्टाएको र उनीहरूले नेपाली पश्मिनाको प्रसंशासमेत गरेको उनले बताए ।

तर कच्चा पदार्थ आफ्नै देशमा नहुँदा कतिपय विदेशी अधिकारीहरूसँग आफू लज्जित हुनुपरेको गुनासो उनले गरेका छन् । उनले भने, ‘विदेशी अधिकारीले नेपाली पश्मिनाको प्रसंशा गर्छन्, सिप फार्मिङ हेर्न जाने चहाना व्यक्त गर्छन् तर हामीसँग सिप फार्मिङ छैन । ऊन आफैं उत्पादन गर्न सकिने हाम्रो देशको भौगोलिक अवस्था हुँदाहुँदै पनि महँगोमा विदेशबाट ऊन आयात गर्नुपर्ने अवस्था दुःखद् हो ।

उनले पश्मिना, अदुवा, अलैँची, चिया, कफीको उत्पादनसँगै निर्यातसमेत बढाएर चुलिँदो व्यापारघाटालाई कम गर्न सकिने बताएका छन् । त्यसो त उनले गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुको आयातका कारण व्यापारघाटा चुलिएको बताएका छन् । छिमेकी मुलुक भारतबाट तरकारी, फलफूलगायत सबै किसिमका खाद्यान्न आयात हुने गरेकै कारण भारतसँगको व्यापारघाटा सबैभन्दा उच्च रहेको उनले बताए । उनका अनुसार भारतबाट खाद्यान्नमात्रै वार्षिक २५ देखि २७ अर्बसम्म र पेटोलिय पदार्थ झण्डै २ खर्बको आयात हुने गरेको छ ।

नेपालले दुवै वस्तुको आयात प्रतिस्थापन गर्न सक्ने सम्भावना रहेको उनले बताएका छन् । जलविद्युत् उत्पादन बढाएर पेटोलिय र कृषि उत्पादन बढाएर खाद्यान्न आयातलाई प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ । हालको रेमिटयान्समुखी कामचाउ अर्थतन्त्रको विकल्प नखोजे जुनसुकै बेला मुलुकको अर्थतन्त्र संकटमा पर्नसक्ने भन्दै उनले सचेत गराएका छन् ।

उनले भने, ‘हामी वस्तु आयात गरेर मान्छे निर्यात गरिरहेका छौं, पशुपक्षी आयात गर्छौं, मान्छे निर्यात गर्छौं, यस्तो अवस्थाबाट मुक्त नभएसम्म मुलुक आत्मनिर्भर बन्न सक्दैन । त्यसैले वाणिज्य मन्त्रालयले निर्यातको पूर्वाधारमा जोड दिएको छ । उत्पादन र निर्यात प्रवद्र्धन वाणिज्य मन्त्रालयको एक्लो प्रयासबाटमात्रै सम्भव नहुने भएकाले अन्तर मन्त्रालयबीचको सहकार्यमा पनि उनले जोड दिएका छन् ।न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ असोज ९

वि.सं.२०७४ असोज ९ सोमवार १२:३४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....