back
NMB ad

न्यूनत्तम १०० रुपैंयामा किन्नुहोस ३ कम्पनीको लाखौं कित्ता सेयर,किन्ने म्याद आजमात्रै !

Kumari bank ad

काठमाडौ । आइतबार तीन कम्पनीहरुको बोलकबोलद्धारा लिलामीमा शेयर खरीद गर्ने अन्तिम दिन रहेको छ । बोलकबोलद्धारा सेयर खरीद गर्ने सकिने कम्पनीहरुमा गोर्खाज फाइनान्स,सनराईज बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।

गोर्खाज फाइनान्सको संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता सेयर लिलामी भर्ने समय आइतबारसम्म मात्र हो । लगानीकर्ताले आइतबार कार्यालयसमय भित्र लिलामी सेयरमा आवेदन दिइसक्नुपर्नेछ ।

गोर्खाज फाइनान्सले असोज ४ गतेदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको थियो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । गोर्खाजले यसअघि साउन १० गतेदेखि १९ गतेसम्म संस्थापक समूहको ९ लाख ७९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ३९६ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस अवधिमा नबिकेको संस्थापक समूहको सेयर फाइनान्सले सर्वसाधारणले पनि भर्न पाउने गरी पुनः लिलामीमा ल्याएको हो ।

गोर्खाजले जेठ १ गतेदेखि साउन ११ गतेसम्म २ः१ अनुपातमा २८ लाख ९३ हजार ३१३ कित्ता सेयर बिक्री खुला गरेको थियो । आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौमा पुग्ने गरी फारम बुझाउनुपर्नेछ । बोलपत्र असोज २३ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।

यस्तै सनराइज बैंकले हकप्रदमा अवितरित सर्वसाधारण र संस्थापक समूह गरि कुल ७ लाख १० हजार ७४३ कित्ता सेयर लिलामीमा ल्याएको हो । जसमध्ये ७२ हजार ६१२ कित्ता संस्थापक र ६ लाख ३८ हजार १३१ कित्ता सर्वसाधारण तर्फको सेयर रहेको छ ।

बैंकले यसअघि जेठ १६ गतेदेखि असार १९ गतेसम्म ३० प्रतिशत बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा अवितरित सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा असोज २३ गते दिउँसो १ बजे खोलिने क्यापिटलले जनाएको छ ।

त्यस्तै कामना विकास बैंकले पनि हकप्रदमा अवितरित ४५ हजार ४८७ कित्ता सेयर लिलामीमा राखेको छ । बैंकले २७ हजार १२० कित्ता संस्थापक सेयर र १८ हजार ३६७ कित्ता साधारण सेयर लिलाम बढाबढमा राखेको हो ।

यसअघि पनि बैंकले सेयर लिलामी खुला गरेपनि सबै सेयरमा आवेदन नपरेपछि फेरी असोज ८ गतेदेखि लिलामीमा ल्याएको हो । लगानीकर्ताले कामना सेवा बैंकको केन्द्रीय कार्यालय पोखरा र विक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा बुझाउन सक्नेछन् । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ ।

बोलपत्र बिक्री प्रबन्धकको कार्यालयमा असोज २५ गते बिहान १० बजे खोलिने क्यापिटलले जनाएको छ ।

प्रकाशित मितिः २०७४ असोज २२

वि.सं.२०७४ असोज २२ आइतवार ०९:२६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...