back
NMB ad

पर्यटन प्रोडक्ट तयार पार्ने उदेश्यका साथ पर्यटनका लागि लोकसंगीत देउसी–भैलो हुँदै

Kumari bank ad

काठमाडौ । लोकसंगितका माध्यमबाट नेपालको नयाँ पर्यटन प्रोडक्ट अगाडि ल्याउने र कला संस्कृतिका साथै पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यका साथ गोरुतिहारको दिन कार्तिक ३ गते शुक्रबार पर्यटनका लागि लोकसंगीत देउसी–भैलो कार्यक्रम हुने भएको छ । पर्यटन पत्रकार संघ(जाट–नेपाल) र नेपाली लोकबाजा संग्राहलयको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त देउसी–भैलो कार्यक्रम हुन लागेको हो ।

देउसी–भैलो कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले बिशेष सहयोग रहेको छ । देउसी–भैलोमा मौलिक नेपाली लोकसंगीतका प्रस्तुतीहरु रहनेछन् । कार्यक्रममा पर्यटन क्षेत्रका महत्वपूर्ण व्यक्तित्वहरु र अधिकाँश संचारमाध्यमहरुको उपस्थिति रहनेछ । विशेषतः पर्यटन क्षेत्रमा लुकेर रहेका प्रोडक्टहरुलाई उजागर गर्ने उदेश्यका साथ पर्यटनका लागि लोकसंगीत देउसी–भैलो कार्यक्रमको आयोजना गरिएको जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले बताए । देउसी–भैलोमा सहभागी हुन उनले पर्यटन क्षेत्रका सबै संघसंस्था,पदाधिकारी, सदस्यहरु उच्च पदस्थ व्यक्तित्वहरु र संचारमाध्यमलाई अनुरोध पनि गरेका छन् ।

प्रकाशित मितिः २०७४ कार्तिक २

वि.सं.२०७४ कात्तिक २ बिहीवार १०:२५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...