back
NMB ad

जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइन, झिलिमिली हुदै जाजरकोट

Kumari bank ad

जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत् जडानको काम शुरु गरेको हो ।

सदरमुकाम खलङ्गामा हालसम्म ३५० जनाको आवेदन प्राप्त भएकामा ९८ घरधुरीमा विद्युत् जडान गरिएको र नेपाल प्राधिकरणका शाखा प्रमुख लोक खड्काले जानकारी दिए ।

बोहरागाउँ, मूलपानीका बाँकी घरधुरीमा लाइन जडान सकिएपछि गैरीखाली रानागाउँ क्षेत्रमा लाइन जडान शुरु गरिने उल्लेख गर्दै उनले पुरानो लाइन हटाउने र नयाँ लाइन जोड्ने काम भइरहेकाले केही समस्या भएको बताए ।

केन्द्रीय प्रसारण लाइन नहुँदा यस जिल्ला सदरमुकाममा स्थानीय एक खोलाबाट उत्पादन हुने ९८ किलोवाटको विद्युत् सेवा पनि खडेरीका कारण बन्द भएपछि सदरमुकामवासी अँध्यारोमा बस्न बाध्य थिए ।

२०७४ माघ २१ गते प्रकाशित

वि.सं.२०७४ माघ २१ आइतवार १७:१५ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...