back
NMB ad

आभा ग्रुपको आयोजनामा २ दिने ‘स्टार्ट अप’ मेला

Kumari bank ad

काठमाडौ । विश्वमा बढ्दो प्रतिस्पर्धासंगै हरेक क्षेत्रमा दैनिकी कठिन रुपमा चलिरहेको छ, त्यसमा पनि युवाहरुको दैनिकी अझ बढी कठिन बन्दै गएको छ । युवाहरुमा व्यवसाय गर्ने र स्वरोजगार बन्ने तिव्र चाहना हुँदा हुँदै पनि विविध ज्ञानको कमीले गर्दा उनीहरुले व्यवसायिक सफलता हात पार्न सकिरहेका छैनन जसका कारण युवापीढीमा दिन दिनै निराशा बढिरहेको छ ।

यसै परिप्रेच्छमा युवाहरुलाई स्वरोजगार बनाउनुपर्छ, उद्यमी बनाउनुपर्छ यो प्रतिस्पर्धात्मक युगमा युवाहरु जुटेर अघि बढ्नु पर्छ भन्दै आभा ग्रुपको आयोजनामा विभिन्न देशका युवाहरु संलग्न २ दिने ‘स्टार्ट अप’ मेला काठमाडौंको होटल प्लाटिनियमा सोल्टीमोडमा सञ्चालन हुन लागिरहेको छ ।

स्टार्ट अप भन्ने शव्दले नै शुरुवात भन्ने बुझिन्छ युवाहरुलाई कुनै पनि काम सुरु गर्नु अघि त्यस सम्वन्धमा यथेष्ट ज्ञान दिलाउने हेतुले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

स्टार्ट अप मेला यहि आउँदो फेब्रुअरी १६ र १७ तारिखका दिन सञ्चालन गर्न लागिएको आभा ग्रुपका कन्ट्री प्रोग्राम म्यानेजर थानेश्वर गौतमले बताए । ‘टुगेदर वी क्यान’ भन्ने मुल नाराका साथ स्थापना भएको आभा ग्रुपले समय समयमा यस्ता कार्यक्रमहरु गर्ने गरिएको अध्यक्ष कैलाश न्यौपानेले बताए ।

विशेष गरि नयाँ व्यवसायको खोजिमा रहेका युवाहरुलाई व्यवसाय कसरी छनोट गर्ने,व्यवसाय सम्वन्धि ज्ञान र सीपका बारेमा कसरी जानकारी लिने र लगानी कसरी जुटाउने भन्ने सम्वन्धमा यो मेलामा विशेष जानकारी दिइने भएकाले मेला सबै सहभागीका लागि प्रत्युत्पादक हुने आयोजकले बताएका छन् ।

मेलामा देश विदेशका थुप्रै सहभागीहरुको उपस्थिती रहनुका साथै विदेशबाट दर्जनौ सफल उद्यमीहरु आएर युवालाई ज्ञान र सीप सिकाउने कार्यक्रम रहेको छ ।

मेलामा सहभागी हुनका लागि फेबु्रअरी १० तारिख सम्ममा अनलाईन फर्म भरेर पठाउन सकिने आयोजकले बताएका छन् । सहभागीका लागि डिनर सहित १५०० दस्तुर तोकिएको छ भने लगानीकर्ताका लागि स्पेशल डिनर सहित ५००० दस्तुर तोकिएको छ ।

मेलामा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको प्रतिनिधित्व रहनुका साथैे विभिन्न राष्ट्रिय एवम अन्तराष्ट्रिय मिडियाहरुले प्रचार प्रसारमा साथ दिने आयोजकले बताएका छन् ।

२०७४ माघ २५ गते प्रकाशित

वि.सं.२०७४ माघ २५ बिहीवार ०८:५३ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...