back
NMB ad

देवः विकास बैंकको ४० प्रतिशत हकप्रद पछि बैंकको चुक्ता पूँजी कति ?

Kumari bank ad

काठमाडौं । देवः विकास बैंकले चैत २६ गतेदेखि ४० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले साझा विकास बैंक र युनियन फाइनान्स प्राप्तीपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँको १० बराबर ४ अनुपातमा ६५ लाख ३३ हजार १०८ दशमलव ५९ कित्ता सेयर निष्काशन गरेको हो ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यपिटल रहेको छ । फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै एनआइबिएल एस क्यापिटल लाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल,पोखरा देवको सबै शाखा कार्यालयबाट वैशाख ३० गतेसम्म आवेदन गर्नसक्ने व्यवस्था रहेको छ ।

कम्पनीको गत असार २९ गते सम्पन्न विशेष साधारण सभाले १० बराबर चार अनुपातको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन अनुसार बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर पूँजी कायम गर्नेछ । थप २२ करोडको बोनस वितरण गर्दा नै चुक्ता पूँजी पुग्ने देखिन्छ । हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी दुई अर्ब २८ करोड ६५ लाख रुपैयाँ नाघ्नेछ ।

२०७४ चैत ९ गते प्रकाशित

वि.सं.२०७४ चैत ९ शुक्रवार ०७:५८ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...