back
NMB ad

साझा यातायातको सहकार्य स्थानीय निकायसँग

Kumari bank ad

ललितपुर । साझा यातायातले स्थानीय निकायसँगको सहकार्य बढाएको छ । साझाले यसअघि नै काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिसकेको छ । आगामी दिनमा अरु स्थानीय निकायसँगको सहकार्य बढाउँदै जाने योजना रहेको साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताए । साझाले अहिले काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिरहेको छ ।

काठमाडौँ महानगरपालिकाले पाँच करोड र ललितपुर महानगरपालिकाले एक करोड शेयर खरिद गरिसकेका छन् । काठमाडौं उपत्यका र उपत्यका बाहिरका धेरै नगरपालिकासँग पनि सहकार्य गर्न चाहेको उनले बताए। उनले भने, “हामीले अहिले दुईवटासँग सहकार्य गरिसकेका छौंँ र आगामी दिनमा अरुसँग बढाउँदै जाने लक्ष्य छ ।”

साझामा सरकारका विभिन्न निकाय, संघसंस्था र सर्वसाधारण नागरिकको लगानीमा सञ्चालित छ । सबैभन्दा बढी शेयर सरकारी क्षेत्रको रहेको छ । ९० प्रतिशत शेयर स्थानीय निकायलगायत सरकारी कार्यालयको छ ।
साझा यातायातका उपत्यकाभित्र र बाहिर गरेर जम्मा ४७ वटा बस सञ्चालनमा छन् । अघिल्लो महिनाबाट साझाले अपांगतामैत्री ‘सेमी लो–फ्लोर’ बस समेत शुरु भएको छ ।

२०७४ चैत ९ गते प्रकाशित

वि.सं.२०७४ चैत ९ शुक्रवार १५:३० मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...