back
NMB ad

भारत भ्रमण नेपालको हितमा : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपालको हितमा भएको बताउनुभएको छ । सुनचाँदी व्यावशायी महासँघको पाँचौ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको हितको पक्षमा छिमेकीसँग कुरा गर्न मात्र होइन त्यसलाई सदर गराउन पनि सकिने बताउनुभएको छ । “देशको चासोका बिषय छिमेकीसाग छलफल गरेर सदर गराउन सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकार रोजगारी सृजना गर्ने,उत्पादन बढाउने,जनताको आर्थिक स्तर उकास्ने कार्यमा लागेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकार व्यावशायीको सुरक्षामा गम्भिर रहेको बताउनुभएको छ । उहाँले व्यावशायी मात्र हैन हरेक नागरिकले सुरक्षाको चिन्ता लिनु नपर्ने बताउनुभएको छ । “नेपालको सिमा भित्र हुने कोही कसैले पनि अब सुरक्षाको चिन्ता गर्नु पर्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार गैह्र कानुनी,हिंसात्मक र अपराधपूर्ण क्रियाकलापलाई सहदैन ।”

प्रधानमन्त्री ओलीले अबको नेपालमा अबैधानिक काम,तस्करी जस्ता कुराहरु बर्जित हुने बताउनुभएको छ । “तस्करीको कुरा गर्दा सुनको पनि नाम आंउछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अब जे गर्नुछ कानुनी तवरले गर्नुहोस । कानुनी अफ्ठ्यारा छन् भने त्यसलाई फुकाउने काम सरकारले गर्छ ।”

प्रधानमन्त्री ओलीले व्याववशायीहरुलाई हरेक व्यावशाय नक्कली होइन सक्कली ढंगले गर्न आग्रह गर्नुभएको छ । नाफामुखी मात्र भन्दा पनि हरेक उपभोक्ताको हितलाई ध्यान दिएर काम गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

२०७४ चैत २६ गते प्रकाशित

वि.सं.२०७४ चैत २६ सोमवार १९:४० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...