back
NMB ad

प्रदेश नं.३ को स्थायी राजधानी भक्तपुरलाई बनाउन प्रस्ताव दर्ता

Kumari bank ad

भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै आज प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ ।एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सदस्य थापाले भक्तपुरलाई स्थायी राजधानी बनाउँदा प्रदेश नं ३ का सबै जिल्लालाई पायक पर्ने र सहज हुने भएकाले प्रस्ताव दर्ता गराएको बताए । सो प्रस्तावमा सानोथिमी भक्तपुरका शिक्षा मन्त्रालय मातहतका शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्रका भवन, परीक्षा नियन्त्रण कार्यालय, अनौपचारिक शिक्षा केन्द्रलगायतका सुविधा सम्पन्न भवन, सानोथिमीको कृषि विकास तालीम केन्द्रको भवन तथा २०० रोपनी भन्दाबढी जग्गा खाली रहेकाले यहाँ राजधानीका लागि उपयुक्त हुने उल्लेख छ ।

वैशाखदेखि रिक्त हुने यहाँका कार्यालयमा मन्त्रालय, मन्त्री आवास, मुख्यमन्त्रीको कार्यालय, सभामुख, उपसभामुखको कार्यालय, निवास, प्रदेशसभा भवनका लागि उपयुक्त हुने संरचना रहेको प्रस्तावमा उल्लेख छ ।

सुरक्षाको पूर्ण प्रत्याभूति रहेको, आवश्यक अन्य पर्याप्त जग्गा रहेको, भौतिक संरचनाका लागि सरकारले तत्काल खर्च गर्नुपर्ने आवश्यकता नरहने र प्रदेश नं ३ को राजधानी भक्तपुर उपयुक्त भएको प्रतिवेदनसमेत सरकारी टोलीले बुझाएको तर्कसहितको प्रस्ताव गरिएको छ ।

२०७४ चैत २६ गते प्रकाशित

वि.सं.२०७४ चैत २६ सोमवार १९:५७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...