back
NMB ad

नेपाल टेलिकमको नयाँ वर्ष अफर, पाँचवटा सेवामा यस्ता छन् छुट योजना

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७५ को अवसरमा नयाँ अफर ल्याएको छ । टेलिकमले वैशाख १ देखि १५ गतेसम्म लागू हुने गरी आकर्षक अफर ल्याएको हो । टेलिकमले ह्याप्पी विकेण्ड, अनलिमिटेड जिएसएम–सिडिएमए नाइट डाटा प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज र एडीएसएल अनलिमिटेड प्याकेज जस्ता अफर ल्याएको छ ।

जसमा ह्याप्पी विकेण्ड प्याक अन्तर्गत जिएसएम–सिडिएमए प्रिपेडर–पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतबार १ सय रुपैयाँमा १ जिबी डाटा प्रयोग गर्न सकिनेछ । जुन १ हप्ताका लागि हुनेछ । यस्तै, अनलिमिटेड जिएसएम–सिडिएमए नाइट डाटा प्याक अन्तर्गत १ जिबी डाटा खरिद गर्न सकिनेछ ।

१५ रुपैयाँमा खरिद गर्न सकिने यो डाटा राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन सकिनेछ । १ जिबी डाटा थ्रि जी र फोर जीको गतिमा चल्नेछ । अर्को एडीएसएल भोलुम बेस्ड प्याकेज अफर अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ भने ३ सय रुपैयाँमा २५ जिबी डाटा र ४ सयमा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

टेलिकमका अनुसार ग्राहकले तीन सय रुपैयाँमा २५ जीबी डाटा र चार सय रुपैयाँमा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ। टेलिकमले नयाँ वर्षमा ल्याएको उक्त अफर अन्तर्गत एडीएसएल अनलिमीटेड प्याकेजमा ५ एमबीपीएस गतिको इन्टरनेट सेवा लिन सकिनेछ ।

कम्पनीका अनुसार ग्राहकले तीन हजार सात सय पचास रुपैयाँको प्याकेजमा एक सय ८० दिनसम्म र सात हजार रुपैयाँमा एक वर्षसम्म अनलिमीटेड डाटा पारयोग गर्न सक्नेछन्।

२०७४ चैत ३० गते प्रकाशित

वि.सं.२०७४ चैत ३० शुक्रवार १७:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...