back
NMB ad

एमाले–माओवादी केन्द्रलाई एकताबाट भाग्ने कुनै छुट छैन : महासचिव पोखरेल

Kumari bank ad

काठमाडौं । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले नेकपा एमाले र नेकपा माओवादीलाई एकताबाट भाग्ने कुनै छुट नभएको भन्दै दुई कम्युनिष्टको छिट्टै एकता हुने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को नयाँ नेतृत्वको कार्यभार हस्तान्तरण कार्यक्रम एवं मे डे को शुभकामना व्यक्त गर्दै उनले न्यायोचित, सम्मानजनक र समानताका तीन आधारमा दुई पार्टीको एकता हुने स्पष्ट पारे ।

उनले प्रतिशतका आधारमा एकता हुन नसक्ने बताए । पार्टी एकताको अन्तिम विट मार्न दुई पार्टीका अध्यक्षहरुलाई जिम्मा दिईएको उल्लेख गर्दै उनले अतितमुखी नभएर भविष्यमुखी ढंगले एकता गरिने बताए । दुई पार्टी एकताबारे औपचारिकता दिनमात्र बाँकी रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार एवं जिफन्टका संरक्षक विष्णु रिमालले श्रमिक संगठनको नेतृत्व दिनेहरुको एक निर्णयले सारा श्रमिकको दैनिक जीवनयापनमा नै ठूलो असर पार्ने भन्दै त्यसतर्फ विचार पुर्याउन नयाँ नेतृत्वलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले सबै मजदुरका हितमा आफू नेतृत्वको नयाँ टिमले काम गर्ने बताए ।

त्यस्तै जिफन्टका केन्द्रीय अनुशासन निरिक्षण आयोगका प्रमुख विष्णु लम्सालले अनुशासित ढंगले श्रमिक संगठनमा लाग्न निर्देशन दिएका थिए । जिफन्टका नवनिर्वाचित महासचिव जनक चौधरीले नयाँ कमिटीले बजारमा देखिएको सबै श्रमिकका समस्या समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

२०७५ बैशाख १८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १८ मंगलवार १९:३६ मा प्रकाशित

You can share this post!

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...