back
NMB ad

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

Kumari bank ad

लहान । आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उहाँकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् ।

मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा बेहोस भएकी प्रभालाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले जानकारी दिए ।

यसअघि पनि आफ्नो बहिनीलाई पटकपटक कुटपिट गर्ने गरेको रामसागरले बताए । प्रभाको शव परीक्षणका लागि सिरहा जिल्ला अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

मृतकको नाकबाट हल्का रगत आएकाले कुटपिटको आशंका गरिए पनि परीक्षणपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ । प्रहरीले कुटपिट गरेको आरोपमा मृतकका श्रीमान् कृष्णलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

२०७५ बैशाख १९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १९ बुधवार १३:०८ मा प्रकाशित

You can share this post!

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...